Saturday, August 22, 2015

कलियुगका राम लक्ष्मणः रामकुमर र श्रिप्रसाद


 सानो छदा रामायण हेर्ने धेरै ठुलो क्रेज  थियो मेरो  / हप्तामा एकपटक मात्र स्कूल बिदा हुने त्यसमा नि नेपाल टेलिभिजनबाट रामायण प्रसारण हुने, यो भन्दा बडी के नै चाहिन्थ्यो र मलाई/ काम काज छोडेर टेलिभिजन अघि  झुम्मि रहने बानी नै थियो त्यस बेला / रामायण आफैमा हिन्दुहरू को धर्म ग्रन्थ नै हो / त्यो बेला विषयको गम्भिरतालाई बुज्ने दिमाग कहाँ थियो र मेरो तर पनि कहानीले मनको कुनै कुनामा छोएको जस्तो भान हुन्थ्यो / रामायणका मुख्य पात्र मध्येका हुन् राम र लक्ष्मण / चौध बर्से बनबासमा दाजुलाई साथ दिने लक्ष्मण रामका प्यारा अनुज थिए / यो सब त्रेता युगको कुरा हो / आजको जमनामा कहाँ त्यस्तो प्रेम  देख्न पाइन्छ र / दाजु र भाइलाई  त एक अर्काको खुट्टा तान्दैमा ठिक्क हुन्छ/ हो त्यो बेलाको राम लक्ष्मणको जोडी खोज्नु भनेको बाँसघारीमा ढुंगा हान्नु जस्तै हो आज /


सायद मैले भने भाग्य मै लेखेर आएको थिएँ क्यार, त्यसैले त आजको युगमा एउटा राम लक्ष्मणको जोडीलाई भेट्न पाएँ, उनीहरु संगै बस्न पाएँ ,उनीहरु संगै घुम्न पाएँ / त्यो अनुपम जोडी हो रामकुमार र श्रिप्रसादको; आम मानिसलाई त्यो जोडी देख्दा अचम्म लाग्न सक्छ/उनीहरु को दोस्ती सामान्य मानिसले सोच्ने भन्दा फरक छ /  रामकुमार र श्रिप्रसादको व्यक्तित्वमा आकास पतालको फरक छ/ रामकुमार पेसा ले टुरिस्ट गाइड; देशको कुना काप्चाको अवलोकन गर्दै हिड्ने,काठमाडौँमा बस्ने, धेरै मन्छेसंग चिनजान भएको, सम्पन्न व्यक्ति हुन् तर श्रिप्रसादको कहानी अर्कै छ/ उनी आँखा देख्न सक्दैन/ मनको आँखाले संसार हेर्न बाद्य छन् उनी/ बेगनास तालको छेउमा बस्दै आएका उनको  मार्फा भन्ने गाउँमा जन्म भएको हो / संसारमा उनले कसैलाई विश्वास गर्छन भने त्यो मात्र रामकुमारलाई   हो/ रामकुमार भनेको श्रिप्रसादले संसारलाई हेर्ने बाहिरी आँखा हुन् / विश्वास र मायाले उनीहरु को मित्रतालाई एउटा अलग आयाम दिएको छ/
रामकुमर र श्रिप्रसाद


श्रिप्रसाद केवल आँखा देख्न सक्दैनन् तर उनले गर्न नसक्ने काम सायदै होला / घरका प्राय सबै काम गर्न पोक्थ छन् उनी / कुखुरी काँ संगै उठ्छन् ,अरु नउठी  पुरा घर पुस्न भ्याउछन् र सूर्यका किरणले धर्तीलाई छुदा कुकुरलाई घुमाउन लैजान्छन् / यो उनको दैनिकी नै हो / उनको विचारमा बिहान मन्छेले हिड्ने गर्नु पर्छ / यसले मन्छेलाई स्वस्थ बनाउँछ / शारीरिक बयामको कमीमा अनेक रोग लाग्ने उनलाई थाहा छ/ उनी  मुटुको रोग, फोक्सोको रोग आदि बाट बच्न बयाम गर्ने गर्छन /चिया गफमा नि उनी पोक्थ छन् ; अनेक विषयमा ज्ञान राख्छन र अरु माझ आफ्ना विचार पस्किन्छन् / भाडा चम्काउन पनि सिपालु छन् श्रिप्रसद; पाउनालाई खाने कुरा दिने  देखि लिएर नुहाउने सामग्री तयार पर्ने सबै काम गर्न सक्छन उनी /मैले उनलाई भेट्ने मौका पाएँ, उनलाई जान्ने मौका पाएँ, त्यही ठुलो उपलब्धि भयो/



श्रिप्रसादलाई घुम्न ज्यादै मन पर्छ तर रामकुमार बाहेक अरु संग उनी घुम्न जादैनन् / रामकुमारले घुमाउने हरेक ठाउँमा उनी जान  तयार हुन्छन/ तेती विश्वास छ उनलाई उनको मित्रता प्रति / रामकुमार पनि काठमाडौँ देखि श्रिप्रसाद कै लागि भनेर बेगनास जाने गर्छन/ त्यहाँ उनलाई आफ्नै घर गएको महसुस हुन्छ/ हामीले  पनि पोखरा घुम्न जाँदा उनीहरु संग घुलमिल हुने मौका यौँ/ हामी तीन साथी र उनीहरु को  जोडी बेगनास हैकिंगका लागि तयार भयौँ / मनमा अनेक कुरा खेल्दै थिए हाम्रो/ बेगनास वरीपरी घुम्नु पर्ने, बर्खाको बेला , डाँडा काँडाको चिप्लो बाटो ,फेरी ७-८ घण्टा हिड्नु पर्ने  सारै कठिन यात्रा साथमा श्रिप्रसद ,कसरी हिड्ने होला भन्ने मनमा लग्नु स्वभाविक नै थियो/ श्रिप्रसादको म नि संगै हिड्छु भन्ने संकल्प देख्दा आफु प्रति नै दया जागेर आयो/ उनी पहिले पनि यस्ता कठिन यात्रा गरी सक्या मन्छे पछि फर्किने कुरै थिएन/ उनी बाटो देखाउदै अघि अघि  लागे हामी उनको पछि पछि हिड्न लाग्यौँ मानू उनी नै त्येस बेलाका पथ प्रदर्सक थिए/
बेगनास हैकिंग
                                                                

बाटोमा हिड्ने क्रम मा उनी प्रहरी चौकी आयो भन्थे हामी त्यो देखेर छक्क पर्थ्यौँ / उनलाई त्यहाँ नचिन्ने सायदै होलान/ गाउँगाउँमा उनको नाऊ लिने मन्छे भेट्दा अचम्म लाग्थ्यो/ उनी पनि अवाज सुन्ने बित्तिकै चिनी हाल्थे को हो भनेर / यसरी उनले हामीलाई आफ्नो अनौठो कलाले मोहित बनाउदै गए हामी नि एउटा घारको रानोको पछि मौरी हिंडे झैँ उनको पछि पछि हिँडी नै रह्यौँ/ हामी ८ घण्टा बेगनास वरपर हिड्दा उनको मुहारमा अलिकता पनि थकान थिएन अलिकता पनि कस्ट थिएन/ उनले यो सब रामकुमारको कुममा हात राखेर  पार गरे /उनी घुम्न पाएको मा ज्यादै हर्सित थिए/ घुमी सकेर बेगनासमा डुबुल्की मार्न नि भ्याए उनले/ तेती बेलाको खुसी एउटा बालकलाई मिठाई दिए पछिको अवस्थाको जस्तै थियो/ यो देख्दा मन नै हर्सित थियो हाम्रो पनि /अब एक पटक फेरी काठमाडौँ घुमेर भुकम्पले पुर्याएको क्ष्यतिलाई छामेर अवलोकन गर्ने सपना छ उनको/ पहिले रामकुमारले नै उनलाई प्लेनमा चडार काठमाडौँ घुमाएका हुन् / हालै मात्रै राजकुमारले उनलाई चितवन घुमार ल्याएका छन्/ अबको श्रिप्रसदको सपना कहिले  पूरा हुन्छ हेर्नै पर्छ तर उनको इच्छाशक्ति र जीवनमा केही  गर्नु पर्छ भन्ने भावनाले उनलाई भेट्ने जोकोहीको नि मन छुन्छ / आजको युगमा कहाँ रामकुमार जस्ता भेटिन्छन् र जसले कसैको सपना साकार पारोस्/


शारीरिक असक्तता भएका हरू ले नि अवसर पाए धेरै काम गर्ने क्ष्यमता राख्छन/ उनीहरु लाई सहयोग र उचित अवसरको खाँचो छ आफ्नो हुनर देखाउने / श्रिप्रसादको कहानी बाट नि केहि  पाठ सिक्न सकिन्छ/ उनीहरू लाई नि सामान्य मानिस सरह बाँच्न पाउने अधिकार छ;यो उनीहरु को हक पनि हो / सबैको यसमा साथको आवश्यकता छ/अब नयाँ नेपाल बनाउने तयारी भइ रहदा यस बारेमा गम्भिर हुनै पर्छ तब मात्र राष्ट्र प्रगति पथमा लम्कन्छ/म त्यस्तो देशको मुहार हेर्न पर्खी रहेको छु /


Saturday, August 15, 2015

मुक्तक संगालो: भाग १




देशभर आन्दोलनका स्वर, घन्किदो छ आज

असन्तुस्टीको ज्वाला पनि दन्किदो छ आज​

कोइ अखण्ड माग्ने, कोइ खण्ड माग्ने

भाइचाराको पर्खल पनि चर्किदो छ आज




आज आउन पाइन मैय्या नेपाल बन्द छ​

फेरि सताउन पाइन मैय्या नेपाल बन्द छ​

मायाको यो कोसेली ठिक्क पार्या बेला

त्यहाँ पठाउन पाइन मैय्या नेपाल बन्द छ




बुद्ध र सिताको देशमा आग्जनि र बन्द छ

भाइभाइ मै काटमार भाइभाइ मै द्वन्द छ​

कहिले सम्म बिध्यमान रहने यस्तो संस्कृति

सडकभरि टायर र असुरगयासको गन्द छ




प्रभु पहिला बोल्छन अनि बोल्छन नेता

कुर्सि भए सत्रुको नि पाउ मोल्छन नेता

सरम छैन माया छैन देश बेच्न लाई

परि आए देशको लुगा पनि खोल्छन नेता




Tuesday, August 4, 2015

कान्छीको भट्टीमा एक रात




सिमसिम सिमसिम पानी परिरहेको अवस्ता,त्यसमा झन् चाडवाडको समय, नरेलाई आज निन्द्रा परेन/ चुहिएको खरको छानो त्यसमा नि डाँडाको घर, नरे चिन्ताले एकदमै व्याकुल थियो/ ऊ एउटा हलुंगेको भाडा लिएर पानीका थोपाहरु लाई समेट्ने कोसिसमा थियो/ नक्कली पनि आज कामबाट फर्केकी छैन, सायद आज मुख्याबाको मा धेरै पाहुना जम्मा भएका होलान् र भाडा सफा गर्दागर्दै ढिला भएको/ नरे बाहिर भित्र गरिरहेको थियो, लाग्थियो ऊ कतै जान नपार तड्पी रहेको थियो/ घरमा स्वास्नी नभएको मौका पारी नरे मूल ढोका ढप्कार भिज्दै भिज्दै बेसीतिर लाग्यो/ बेसी झर्नु नरेका लागि कुनै नौलो कुरा भने पक्कै होइन/ नक्कलीसंग झगडा पर्दा होस् या त गरिबीको चिन्ता मा होस् ऊ बेसी तिर झेरकै हुन्छ/


बेसी नरे जस्ता गाउँका अरु पुरुषका लागि स्वर्ग नै हो/ गाउँ कै ठुलो भट्टी र ताशको अड्डा बेसीमा छ/ बर्सेभरि जुवाताश चल्ने वेसीमा चाडवाडको समयमा त झन् मान्छेको,त्यो नि ठेट्ना केटाहरु को बडी नै मात्रामा उपस्थिति हुने गर्छ/ बेसीको मुटु भने भट्टीकी कान्छी हो/ गोरो मुहार,मिलेको शरिर त्यसमाथि लाजाउदै बोल्ने बानी; कान्छीको हावभाव मै ज्यान फाल्ने बेसीमा हजार भेटिन्छन्/ ग्लासमा लोकल रक्सि राख्दा होस् या भुटेको बंगुरको सुकुटी ग्राहकलाई दिंदा होस् कान्छीमा एक अलगै किसिमको फुर्ति देखिन्थ्यो/ नसालु नजर, रेसमी केस र मिलेका दन्त लहरले कान्छीको व्यक्तित्वमा झनै निखार प्रदान गरिरहेको थियो/ बाहिरी रुपमा जे भएनी भित्री रुपमा भने कान्छी एकदमै कम्जोर बन्दै गइरहेकी थिई आजभोली/ एक्लो ज्यान र छताछुल्ल भै पोखिरहेको योवन भइकन पनि आज सम्म घरबार नहुनुले कान्छी भित्रभित्रै जलिरहेकी थिई/ आफू संगैका साथीहरु ले लालाबाला लिएर हिँडेको देख्दा कान्छीलाई पनि इच्छा जाग्नु स्वाभाविक थियो तरपनि मन मिल्ने जीवनसाथी उसले आज सम्म पनि भेटाएकी छैन/


भट्टीमा आज धेरै मानिसहरु को उपस्थिति छ/ कान्छी टेबलफ्यानको हावा खाँदै कुर्सीमा बसीरहेकी थिई/ ऊ गम्भीर भइ केहि सोचिरहेकी थिई/ भट्टीको एउटा कुनामा नारेले आफ्नो आसन जमाएको थियो/ ऊ केवल कान्छीलाई एकहोरो नियाली रहेको थियो/ ऊ पनि गाउँका अरु ठिटाझैँ कान्छीको रुपमा मोहित थियो/ कान्छी पनि घरीघरी नारेलाई पुलुक्क हेर्थी र मुस्कुराउँथी/ यो नजरा हेर्दा लाग्थ्यो की दुई प्रेमी एकापसमा लुकामारी खेलिरहेका छन्/ धेरै दिन अघिबाट नरे कान्छीलाई केहि भन्न खोजिरहेको थियो तर भन्न सकिरहेको थिएन/ लोकल रक्सीको तीन पेक चिरिप्पा पारेर नरे कान्छी बसे नेर गयो/ कान्छी नरेको सामिप्यताले निकै खुसी भई/ धेरै दिन अघिबाट ऊ यो सामिप्यताको प्रतिक्षामा थिई/


नारेले कान्छीको हात समात्यो र भित्र कोठातिर लिएर गयो/ कान्छीको मन अब भने अतालिन थाल्यो/ ऊ केवल नरेका आँखामा हेरिरहेकी थिई/ उसलाई केहि कुराको होस भएन/ वएस्क पुरुष र योबनले भरिएकी केटी एक बन्द कोठामा गएको देख्दा भट्टीको माहोल नै परिवर्तन हुन पुग्यो/ कान्छीलाई खाटमा राखेर नरेले कोठाको ढोका भित्रबाट बन्द गर्यो/ कान्छी अवाक भई/ शरीर सिथिल भयो/ मोतीझै पसिनाका दानाहरू कान्छीको निदारमा स्पस्ट देखिन्थे/ उसलाई यस्तो अवस्ताको कल्पना पनि थिएन/ आफूले मनपराएको व्यक्ति त्यसमा नि बन्द कोठा भित्र पाउँदा उसको मनमा कहिकतै खुसीका लहरहरु थिए तर पनि समाजको डरले भने उसलाई नरेको समीप हुनबाट रोकिरहेको थियो/



आफ्नो सम्बन्धलाई दाउमा राखेर नरे कान्छीलाई विवाहको प्रस्ताव राख्यो/ कान्छी अकमक्क परी, केहि बोल्न सक्ने अवस्तामा रहिन ऊ/ उसको स्मृतिमा केवल नरेले विवाह प्रस्ताव राख्दा बोलेका शव्दहरु छताछुल्ल भइराखेका थिए “कान्छी म तलाई एकदमै माया गर्छु, के मसंग विवाह गर्छेस्?”/ उसलाई निर्णय दिन गारो भयो/ एकापट्टी आफूले मन पराएको व्यक्ति अर्कापट्टी नक्कलीको घरवार, उसलाई फसाद पर्यो/ नक्कली कान्छीको सानैदेखि की साथी; नक्कली घरको ढु:ख सबै कान्छीलाई नै पोख्ने गर्थी/ कान्छीपनि भविष्यमा राम्रो होला, नरे दाइले काम पाउनु होला र सुखसँग राख्नु होला भन्दै नक्कलीलाई सम्झाउने गर्थी/ आज भने ऊ आफै दुई लोग्ने स्वास्नीको बिचमा आउन पुगेकी छे/ नारेलाई ऊ वेसुमार माया गर्छे तर आफ्नो साथीको खुसी छताछुल्ल भएको हेर्न सक्दिन थिई/ त्यसैकरण उसले नरेको विवाह प्रस्तावलाई ठाडै अस्विकार गरिदी/ पूरा भट्टी कान्छीको चिच्याहाटले गुन्जयमन भयो; ”पात्येको जडिया! एउटी स्वास्नीलाई त मुखियाको मा बन्दकी राख्या छस् मलाई के खुवाएर पाल्छस्? म तलाई मायासाया केहि गर्दिन/ आफ्नो स्वास्नीलाई त खुसी दिन नसक्ने जडियाले मलाई ताक्ने ;तँ गइ हाल मेरो यो भट्टीबाट,गइ हाल/”


नरेलाई छाँगाबाट खसेझै भयो/ रातको दुई बजिसकेको थियो/ नरेले बल्ल नक्कलीलाई सम्झियो/ ऊ खुट्टा टेक्ने अवस्तामा थिएन/ कान्छीको एक बोली उसका लागि अमृत सावित भयो/ उसले नक्कलीसँग बिताएका सुखदु:खका पलहरु को सम्झना गर्यो/ पानी रोकी सकेको थियो/ कुकुरको भौभौले गुन्जयमन थियो वेसी/ नरे एक्लो थियो,उसका आँखामा केवल कान्छी र कान्छीका भनाइहरु छछल्कि रहेका थिए/ उता कान्छीपनि मनमा गुम्सिएका भावनाहरु अस्रुधारामा समेटी राखेकी थिई/ उसलाई असइय भयो र राती नै वेसी छाडेर गई/ नरे जसोतसो घर पुग्यो,नक्कली ढोकामा नरेलाई कुरेर बसिरहेकी थिई/ स्वास्नीको यस्तो मायाले ऊ भक्कानिन पुग्यो/ नरेलाई प्रेम नपाउदाको पीडाको आवास अघिनै भइसक्या थियो/ नक्कलीले बेसुमार माया गर्दापनि आफूले घृणा मात्र दिएको मा उसलाई आत्मग्लानी भयो/ उसले नक्कलीसँग माफी माग्यो र भोलीबाट आफूपनि काम खोजि हिड्ने प्रण गर्यो/ आफूले प्राण भन्दा बढी माया गर्या मान्छेको यो भनाइले नक्कलीका आँखा रसाए/ नरे नक्कलीको काखमा अघि नै निदाइ सकेको थियो/ नरेको कपाल मुसार्दै नक्कलीले पनि पूरा रात काटिदिइ/ बिहान नरे काम खोज्न सहरतिर हान्नियो, नक्कली सधाझै मुखियाबाको मा काम गर्न हिंडी/  बेसी भने सुनसान थियो,सायद सबैलाई हसाउने कान्छी नभएका ले होला/