Saturday, August 22, 2015

कलियुगका राम लक्ष्मणः रामकुमर र श्रिप्रसाद


 सानो छदा रामायण हेर्ने धेरै ठुलो क्रेज  थियो मेरो  / हप्तामा एकपटक मात्र स्कूल बिदा हुने त्यसमा नि नेपाल टेलिभिजनबाट रामायण प्रसारण हुने, यो भन्दा बडी के नै चाहिन्थ्यो र मलाई/ काम काज छोडेर टेलिभिजन अघि  झुम्मि रहने बानी नै थियो त्यस बेला / रामायण आफैमा हिन्दुहरू को धर्म ग्रन्थ नै हो / त्यो बेला विषयको गम्भिरतालाई बुज्ने दिमाग कहाँ थियो र मेरो तर पनि कहानीले मनको कुनै कुनामा छोएको जस्तो भान हुन्थ्यो / रामायणका मुख्य पात्र मध्येका हुन् राम र लक्ष्मण / चौध बर्से बनबासमा दाजुलाई साथ दिने लक्ष्मण रामका प्यारा अनुज थिए / यो सब त्रेता युगको कुरा हो / आजको जमनामा कहाँ त्यस्तो प्रेम  देख्न पाइन्छ र / दाजु र भाइलाई  त एक अर्काको खुट्टा तान्दैमा ठिक्क हुन्छ/ हो त्यो बेलाको राम लक्ष्मणको जोडी खोज्नु भनेको बाँसघारीमा ढुंगा हान्नु जस्तै हो आज /


सायद मैले भने भाग्य मै लेखेर आएको थिएँ क्यार, त्यसैले त आजको युगमा एउटा राम लक्ष्मणको जोडीलाई भेट्न पाएँ, उनीहरु संगै बस्न पाएँ ,उनीहरु संगै घुम्न पाएँ / त्यो अनुपम जोडी हो रामकुमार र श्रिप्रसादको; आम मानिसलाई त्यो जोडी देख्दा अचम्म लाग्न सक्छ/उनीहरु को दोस्ती सामान्य मानिसले सोच्ने भन्दा फरक छ /  रामकुमार र श्रिप्रसादको व्यक्तित्वमा आकास पतालको फरक छ/ रामकुमार पेसा ले टुरिस्ट गाइड; देशको कुना काप्चाको अवलोकन गर्दै हिड्ने,काठमाडौँमा बस्ने, धेरै मन्छेसंग चिनजान भएको, सम्पन्न व्यक्ति हुन् तर श्रिप्रसादको कहानी अर्कै छ/ उनी आँखा देख्न सक्दैन/ मनको आँखाले संसार हेर्न बाद्य छन् उनी/ बेगनास तालको छेउमा बस्दै आएका उनको  मार्फा भन्ने गाउँमा जन्म भएको हो / संसारमा उनले कसैलाई विश्वास गर्छन भने त्यो मात्र रामकुमारलाई   हो/ रामकुमार भनेको श्रिप्रसादले संसारलाई हेर्ने बाहिरी आँखा हुन् / विश्वास र मायाले उनीहरु को मित्रतालाई एउटा अलग आयाम दिएको छ/
रामकुमर र श्रिप्रसाद


श्रिप्रसाद केवल आँखा देख्न सक्दैनन् तर उनले गर्न नसक्ने काम सायदै होला / घरका प्राय सबै काम गर्न पोक्थ छन् उनी / कुखुरी काँ संगै उठ्छन् ,अरु नउठी  पुरा घर पुस्न भ्याउछन् र सूर्यका किरणले धर्तीलाई छुदा कुकुरलाई घुमाउन लैजान्छन् / यो उनको दैनिकी नै हो / उनको विचारमा बिहान मन्छेले हिड्ने गर्नु पर्छ / यसले मन्छेलाई स्वस्थ बनाउँछ / शारीरिक बयामको कमीमा अनेक रोग लाग्ने उनलाई थाहा छ/ उनी  मुटुको रोग, फोक्सोको रोग आदि बाट बच्न बयाम गर्ने गर्छन /चिया गफमा नि उनी पोक्थ छन् ; अनेक विषयमा ज्ञान राख्छन र अरु माझ आफ्ना विचार पस्किन्छन् / भाडा चम्काउन पनि सिपालु छन् श्रिप्रसद; पाउनालाई खाने कुरा दिने  देखि लिएर नुहाउने सामग्री तयार पर्ने सबै काम गर्न सक्छन उनी /मैले उनलाई भेट्ने मौका पाएँ, उनलाई जान्ने मौका पाएँ, त्यही ठुलो उपलब्धि भयो/



श्रिप्रसादलाई घुम्न ज्यादै मन पर्छ तर रामकुमार बाहेक अरु संग उनी घुम्न जादैनन् / रामकुमारले घुमाउने हरेक ठाउँमा उनी जान  तयार हुन्छन/ तेती विश्वास छ उनलाई उनको मित्रता प्रति / रामकुमार पनि काठमाडौँ देखि श्रिप्रसाद कै लागि भनेर बेगनास जाने गर्छन/ त्यहाँ उनलाई आफ्नै घर गएको महसुस हुन्छ/ हामीले  पनि पोखरा घुम्न जाँदा उनीहरु संग घुलमिल हुने मौका यौँ/ हामी तीन साथी र उनीहरु को  जोडी बेगनास हैकिंगका लागि तयार भयौँ / मनमा अनेक कुरा खेल्दै थिए हाम्रो/ बेगनास वरीपरी घुम्नु पर्ने, बर्खाको बेला , डाँडा काँडाको चिप्लो बाटो ,फेरी ७-८ घण्टा हिड्नु पर्ने  सारै कठिन यात्रा साथमा श्रिप्रसद ,कसरी हिड्ने होला भन्ने मनमा लग्नु स्वभाविक नै थियो/ श्रिप्रसादको म नि संगै हिड्छु भन्ने संकल्प देख्दा आफु प्रति नै दया जागेर आयो/ उनी पहिले पनि यस्ता कठिन यात्रा गरी सक्या मन्छे पछि फर्किने कुरै थिएन/ उनी बाटो देखाउदै अघि अघि  लागे हामी उनको पछि पछि हिड्न लाग्यौँ मानू उनी नै त्येस बेलाका पथ प्रदर्सक थिए/
बेगनास हैकिंग
                                                                

बाटोमा हिड्ने क्रम मा उनी प्रहरी चौकी आयो भन्थे हामी त्यो देखेर छक्क पर्थ्यौँ / उनलाई त्यहाँ नचिन्ने सायदै होलान/ गाउँगाउँमा उनको नाऊ लिने मन्छे भेट्दा अचम्म लाग्थ्यो/ उनी पनि अवाज सुन्ने बित्तिकै चिनी हाल्थे को हो भनेर / यसरी उनले हामीलाई आफ्नो अनौठो कलाले मोहित बनाउदै गए हामी नि एउटा घारको रानोको पछि मौरी हिंडे झैँ उनको पछि पछि हिँडी नै रह्यौँ/ हामी ८ घण्टा बेगनास वरपर हिड्दा उनको मुहारमा अलिकता पनि थकान थिएन अलिकता पनि कस्ट थिएन/ उनले यो सब रामकुमारको कुममा हात राखेर  पार गरे /उनी घुम्न पाएको मा ज्यादै हर्सित थिए/ घुमी सकेर बेगनासमा डुबुल्की मार्न नि भ्याए उनले/ तेती बेलाको खुसी एउटा बालकलाई मिठाई दिए पछिको अवस्थाको जस्तै थियो/ यो देख्दा मन नै हर्सित थियो हाम्रो पनि /अब एक पटक फेरी काठमाडौँ घुमेर भुकम्पले पुर्याएको क्ष्यतिलाई छामेर अवलोकन गर्ने सपना छ उनको/ पहिले रामकुमारले नै उनलाई प्लेनमा चडार काठमाडौँ घुमाएका हुन् / हालै मात्रै राजकुमारले उनलाई चितवन घुमार ल्याएका छन्/ अबको श्रिप्रसदको सपना कहिले  पूरा हुन्छ हेर्नै पर्छ तर उनको इच्छाशक्ति र जीवनमा केही  गर्नु पर्छ भन्ने भावनाले उनलाई भेट्ने जोकोहीको नि मन छुन्छ / आजको युगमा कहाँ रामकुमार जस्ता भेटिन्छन् र जसले कसैको सपना साकार पारोस्/


शारीरिक असक्तता भएका हरू ले नि अवसर पाए धेरै काम गर्ने क्ष्यमता राख्छन/ उनीहरु लाई सहयोग र उचित अवसरको खाँचो छ आफ्नो हुनर देखाउने / श्रिप्रसादको कहानी बाट नि केहि  पाठ सिक्न सकिन्छ/ उनीहरू लाई नि सामान्य मानिस सरह बाँच्न पाउने अधिकार छ;यो उनीहरु को हक पनि हो / सबैको यसमा साथको आवश्यकता छ/अब नयाँ नेपाल बनाउने तयारी भइ रहदा यस बारेमा गम्भिर हुनै पर्छ तब मात्र राष्ट्र प्रगति पथमा लम्कन्छ/म त्यस्तो देशको मुहार हेर्न पर्खी रहेको छु /


No comments:

Post a Comment