Thursday, September 3, 2015

मुक्तक संगालो: भाग २

यसरी गोलीले देश चल्ला र हजुर !!!
रूखो बोलीले देश चल्ला र हजुर !!!
सधै त्यही अनुहार सधै त्यही पारा !!!
पुङ्गो टोलीले देश चल्ला र हजुर !!!


अब त जाग सरकार तराई जल्दै छ !!!
दिनदहाडै छाती छेड्ने गोली चल्दै छ!!!
कसले रोक्ने होला कसले छेक्ने होला!!!
विगतको विषको वृक्ष आज फल्दै छ!!!



हरेकका सन्तानले अधिकार पाउछन् रे अब!!!
कसैले कोट कसैले एप्रोन लाउछन् रे अब!!!
जादुको छडी नै पो  हो रे यो संविधान!!!
गिर्न लाग्या हाम्रो शिर उठाउँछन् रे अब!!!



No comments:

Post a Comment