Tuesday, September 8, 2015

मुक्तक संगालो: भाग ३

यो मायाको अब, मोल खोज्ने भए
सधैँ भरि मलाई, गलत सोच्ने भए
चुडे हुन्छ तिमीले, यो प्रेमको डोरी
मलाई  भन्दा अघि, पैसा रोज्ने भए


तिम्रो त्यो हेराईले, केहि खोज्दै थियो
मेरै बारे अनेकन, प्रश्न सोद्धै थियो
कसरी पो सहने खै, ती नयनका वार
पल पल मुटु मा, च्वास्स घोच्दै थियो


मायाको सिरेटोले कपाउदै छ मलाई
हरप्रहर  तिम्रै नाम जपाउदै छ मलाई
कुलतै पो बस्यो क्यार तिम्रो  त्यो  याद
दिनदिनै  सिमाबाट धपाउदै छ मलाई 


No comments:

Post a Comment