Sunday, September 20, 2015

आखिर कसका लागि संविधान?




संविधानसभा बेहुली झै श्रिङ्गारिएको छ। भवनको पेटीमा नाङ्लो भरि सामान  राखेर बेच्न बसेकी दिदीलाई भने केइ थाहा छैन किन यस्तो रङ्गिचङ्गि श्रिङ्गार गरिदै छ भन्ने। उनलाई कसले पो सुनाएको होला र संविदान आउँदै छ भनेर​। उनी त केबल आज केइ बेच्न पाए बेलुका छाक टार्न पाइन्छ भन्ने धुनमा छिन। साँच्ची भन्दा उनलाई के नै फरक पर्छ र संविदान आएर। उनको ६२, ६३ को आन्दलोन अघि यस्तै अवस्था थियो अहिले पनि उस्तै अवस्था छ​। उनको जिवन उकास्न के नै पो लेख्या छ र यो संविदानमा। उनका लागि त फगत एउटा कागतको खोस्टो हो संविदान, जसले न उनको गरीबीलाई नै मेटाउन सक्छ न त उन का छोराछोरीले राम्रो सङ्ग शिक्षा नै पाउछन्। शान्त सङ्ग आफ्नो जिवन गुजार्न पाए पुग्छ उनलाई।

धन बहादुर दाइको आफ्नै बेथा छ​। ज्यला मज्दुरी गरेर जिविकोपार्जन गर्छन उनि। तर दिनैको बन्ध दिनैको अशान्तिले उनलाई समस्यामा पारेको छ​। अहिले कमाएर भरे खाने उनि काम नपाएर हैरान छन्। स्कूल जाने छोराछोरी बेकारमा घर मै बस्न बाध्य छन्। ज्ञान गुनका कुरा लिने बेला ढुङ्गामुडा गर्न,टायर बाल्न सिकिराख्या अवस्था हो। आफु घोट्टिएर भए नि छोराछोरीलाई राम्रो शिक्षा दिउँ भन्ने उनको सपनामा तुसरपात पर्या छ​। उनका ओसिला आँखाले सबै बयान गर्छन तर मुटु माथि ढुङ्गा राखेर बाँचिरहेका छन उनि।

सबै नेपलीको चहना नै हो संविदानसभावाट लोक्तान्त्रिक  संविदान आओस भन्ने। लामो सङ्घर्ष र हजारु नेपलीहरु को बलिदानवाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु  पक्कै पनि आजको आवश्यकता हो तर बिदिको बिदानलाई मिचेर ल्याइएको संविदानको वैधानिकता माथि नै प्रस्न उठ्ने खत्रा अझै छ​। मन्त्रि परिसद द्वारा मनोनयन गर्नु पर्ने दुई सभासद बिनै यो संविदान निर्माण भएको छ। के यो अवैधानिक हैन​? साथै संविदान  निर्माणको सुरुवात देखि नै साथमा हिँडेका सहयात्री दलहरु प्राय बाहिर छन्।बहुमतले पारित भएता पनि यो संविदानले पहिलेवाटै उत्पिडनमा परेका जनताको अधिकारलाई सम्पुर्ण रुप मा स्थापित गर्न सकेको छैन​। यो यसको कम्जोर पक्ष हो।

असन्तुष्टिका स्वरहरु देशभरमा बढ्दो क्रममा छ​। तराई एक महिना देखि बन्ध छ​। निर्दोश बालबालिकाहरु को छातीमा गोली लाग्या अवस्था छ​। यस्तै निर्दोश राष्ट्र सेवकलाई जिउदै जलाइएको छ​।तोड फोड, आगजनी, दैनिकि बन्या छ​।यस्तोमा काठमाँडौ मौन छ​।मेरो गोरुको बाह्रै टक्का गर्दा वार्ताले ठोश निकास पाउन सक्या छैन​। देश गृहयुद्ध तर्फ पो जादै छ कि भन्ने मनमा डर पलाउदै छ​। यसरी नै अगि बढ्ने हो भने देश द्वन्दमा जाने निश्चित छ/ आगोलाई  झिल्का हदै निभाउन सके मात्र ठुलो बिनास हुदैन नत्र बिस्तारै सारा कुरा जलेर जान्छ ।


जनताले शान्ति चाहेका हुन्।उनिहरु ले अधिकारको सुनिस्चता खोजेका हुन्, वर्षौको उत्पिडनको अन्त्य खोजेका हुन्। जातीय राज्य कसैले खोज्या हो भने त्यो सम्भव छैन​। कसरी बहुजातीको यो देशमा यो सम्भव होला र​? जातीय राज्यले देश युगोस्लोभाकिया बन्ने छ​। यसमा सबैले ध्यान पुर्याउनै पर्छ​। सबै पक्ष जिम्मेवार भए मात्र संविदनको कार्यनोयन सम्भव छ/ नत्र देश द्वन्दको भुमरीमा अल्झी रहन्छ / उचीत  मागलाई सम्भोदन  गरी असन्तुष्टलाई पनि साथमा लिन पहल गरिओस, यो मेरो अपिल हो ठुला दलहरू लाई। अनि मात्र सबैले दिपावली गर्ने छन्/ नत्र कतै मसाल कतै दियो कस्तो देखिएला/ कोहि रुने कोहि हाँस्ने कस्तो देखिएला/ सबै नेपाली हुन सबैले खुसी हुने अधिकार छ/ चाडै देशमा शान्ति आओस, यहि शुभकामना छ सम्पुर्ण नेपलीमा ।




No comments:

Post a Comment