Tuesday, September 8, 2015

मुक्तक संगालो: भाग ३

यो मायाको अब, मोल खोज्ने भए
सधैँ भरि मलाई, गलत सोच्ने भए
चुडे हुन्छ तिमीले, यो प्रेमको डोरी
मलाई  भन्दा अघि, पैसा रोज्ने भए


तिम्रो त्यो हेराईले, केहि खोज्दै थियो
मेरै बारे अनेकन, प्रश्न सोद्धै थियो
कसरी पो सहने खै, ती नयनका वार
पल पल मुटु मा, च्वास्स घोच्दै थियो


मायाको सिरेटोले कपाउदै छ मलाई
हरप्रहर  तिम्रै नाम जपाउदै छ मलाई
कुलतै पो बस्यो क्यार तिम्रो  त्यो  याद
दिनदिनै  सिमाबाट धपाउदै छ मलाई 


Thursday, September 3, 2015

मुक्तक संगालो: भाग २

यसरी गोलीले देश चल्ला र हजुर !!!
रूखो बोलीले देश चल्ला र हजुर !!!
सधै त्यही अनुहार सधै त्यही पारा !!!
पुङ्गो टोलीले देश चल्ला र हजुर !!!


अब त जाग सरकार तराई जल्दै छ !!!
दिनदहाडै छाती छेड्ने गोली चल्दै छ!!!
कसले रोक्ने होला कसले छेक्ने होला!!!
विगतको विषको वृक्ष आज फल्दै छ!!!



हरेकका सन्तानले अधिकार पाउछन् रे अब!!!
कसैले कोट कसैले एप्रोन लाउछन् रे अब!!!
जादुको छडी नै पो  हो रे यो संविधान!!!
गिर्न लाग्या हाम्रो शिर उठाउँछन् रे अब!!!