Monday, October 5, 2015
With Nepali National Anthem writer: Byakul Maila
Sunday, September 20, 2015
आखिर कसका लागि संविधान?
संविधानसभा
बेहुली झै श्रिङ्गारिएको छ। भवनको पेटीमा नाङ्लो भरि सामान राखेर बेच्न बसेकी
दिदीलाई भने केइ थाहा छैन किन यस्तो रङ्गिचङ्गि श्रिङ्गार गरिदै छ भन्ने। उनलाई कसले पो सुनाएको होला र संविदान आउँदै छ भनेर। उनी त केबल आज केइ बेच्न पाए बेलुका
छाक टार्न पाइन्छ भन्ने धुनमा छिन। साँच्ची भन्दा उनलाई के नै फरक पर्छ र संविदान
आएर। उनको ६२, ६३ को आन्दलोन अघि यस्तै अवस्था थियो अहिले पनि
उस्तै अवस्था छ। उनको जिवन उकास्न के नै पो लेख्या छ र यो संविदानमा। उनका लागि त
फगत एउटा कागतको खोस्टो हो संविदान, जसले
न उनको गरीबीलाई नै मेटाउन सक्छ न त उन का छोराछोरीले राम्रो सङ्ग शिक्षा नै
पाउछन्। शान्त सङ्ग आफ्नो जिवन गुजार्न पाए पुग्छ उनलाई।
धन
बहादुर दाइको आफ्नै बेथा छ। ज्यला मज्दुरी गरेर जिविकोपार्जन गर्छन उनि। तर
दिनैको बन्ध दिनैको अशान्तिले उनलाई समस्यामा पारेको छ। अहिले कमाएर भरे खाने उनि
काम नपाएर हैरान छन्। स्कूल जाने छोराछोरी बेकारमा घर मै बस्न बाध्य छन्। ज्ञान
गुनका कुरा लिने बेला ढुङ्गामुडा गर्न,टायर
बाल्न सिकिराख्या अवस्था हो। आफु घोट्टिएर भए नि छोराछोरीलाई राम्रो शिक्षा दिउँ
भन्ने उनको सपनामा तुसरपात पर्या छ। उनका ओसिला आँखाले सबै बयान गर्छन तर मुटु
माथि ढुङ्गा राखेर बाँचिरहेका छन उनि।
सबै
नेपलीको चहना नै हो संविदानसभावाट लोक्तान्त्रिक संविदान आओस भन्ने। लामो सङ्घर्ष
र हजारु नेपलीहरु को बलिदानवाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु पक्कै पनि आजको आवश्यकता हो तर बिदिको बिदानलाई
मिचेर ल्याइएको संविदानको वैधानिकता माथि नै प्रस्न उठ्ने खत्रा अझै छ। मन्त्रि
परिसद द्वारा मनोनयन गर्नु पर्ने दुई सभासद बिनै यो संविदान निर्माण भएको छ। के यो
अवैधानिक हैन? साथै
संविदान निर्माणको सुरुवात देखि नै साथमा
हिँडेका सहयात्री दलहरु प्राय बाहिर छन्।बहुमतले पारित भएता पनि यो संविदानले
पहिलेवाटै उत्पिडनमा परेका जनताको अधिकारलाई सम्पुर्ण रुप मा स्थापित गर्न सकेको
छैन। यो यसको कम्जोर पक्ष हो।
असन्तुष्टिका
स्वरहरु देशभरमा बढ्दो क्रममा छ। तराई एक महिना देखि बन्ध छ। निर्दोश बालबालिकाहरु
को छातीमा गोली लाग्या अवस्था छ। यस्तै निर्दोश राष्ट्र सेवकलाई
जिउदै जलाइएको छ।तोड फोड, आगजनी, दैनिकि बन्या छ।यस्तोमा काठमाँडौ मौन छ।मेरो
गोरुको बाह्रै टक्का गर्दा वार्ताले ठोश निकास पाउन सक्या छैन। देश गृहयुद्ध तर्फ
पो जादै छ कि भन्ने मनमा डर पलाउदै छ। यसरी नै अगि बढ्ने हो भने देश द्वन्दमा
जाने निश्चित छ/ आगोलाई झिल्का हदै निभाउन
सके मात्र ठुलो बिनास हुदैन नत्र बिस्तारै सारा कुरा जलेर जान्छ ।
जनताले
शान्ति चाहेका हुन्।उनिहरु ले अधिकारको सुनिस्चता खोजेका हुन्,
वर्षौको उत्पिडनको अन्त्य खोजेका हुन्। जातीय
राज्य कसैले खोज्या हो भने त्यो सम्भव छैन। कसरी बहुजातीको यो देशमा यो सम्भव
होला र? जातीय
राज्यले देश युगोस्लोभाकिया बन्ने छ। यसमा सबैले ध्यान पुर्याउनै पर्छ। सबै
पक्ष जिम्मेवार भए मात्र संविदनको कार्यनोयन सम्भव छ/ नत्र देश द्वन्दको भुमरीमा
अल्झी रहन्छ / उचीत मागलाई सम्भोदन गरी असन्तुष्टलाई पनि साथमा लिन पहल गरिओस,
यो मेरो अपिल हो ठुला दलहरू लाई। अनि मात्र सबैले
दिपावली गर्ने छन्/ नत्र कतै मसाल कतै दियो कस्तो देखिएला/ कोहि रुने कोहि हाँस्ने
कस्तो देखिएला/ सबै नेपाली हुन सबैले खुसी हुने अधिकार छ/ चाडै देशमा शान्ति आओस,
यहि शुभकामना छ सम्पुर्ण नेपलीमा ।
Friday, September 18, 2015
Pharmacy: A Nobel Profession
Why have you chosen pharmacy?? What is your aim??
This was the first question asked by my teacher in the first
day of my B. Pharm. I was not aware about the actual purpose of the study but I
somehow gathered my thoughts and explained that I have chosen the pharmacy field
to discover new molecule that could cure deadly diseases like AIDS. The teacher
just smiled and allowed me to sit. There was certain sarcasm in his smile. I felt embarrassed with my answer. The field was actually vast than what I had imagined.
How could I know about Pharmacy in detail??? I was neither a
diploma student nor I had read about different aspects of Pharmacy at that naïve
period of my study. The only thing I knew was the definition of Pharmacy which I
had mugged up through internet. Such was the situation. But time teaches us
everything. I got used to new pharmacy world and managed to cope with immense
structures of drug molecules. I started loving chemistry and other subjects
seemed familiar. Harsh environment and
language barrier was shadowed by the love of classmates and teachers. Everything
was easy then.
“Once you start anything finish it “was my theory. I think I was
able to live with my words. Four year in a foreign land was difficult obviously
but it was the life changing phase of my life. Nothing is impossible once you
have a will to do it.
Now, I stand as a registered pharmacist with more than a year
of work experience. But I still don’t know how I feel about my profession. When
people talk about the Health related field, they only talk about Medical,
Dental, Nursing, HA, Public Health etc. Sadly, pharmacy field is often
neglected. People still call me doctor when I visit my village. This is quite embarrassing.
The thoughts of people has been negative since very beginning. We all are
equally guilty for this. We are the one who are failing to change people’s
attitude towards our profession. Why can’t we make people aware about our
valuable contribution in saving life of the patients? Why can’t we say we are
researchers, psychologists, industrialists, scientists, professors etc.?? Why can’t we explain them about the scope of
our fields like market research, pharmacovigilance, herbal medicine etc.?? Who will explain them better than us that
Pharmacy is the bridging profession between Doctors and patients? Why can’t we
say we are the one to discover new medicine and prepare them into dosage forms
that a doctor prescribes? This has to be done now if we want our profession to
have some dignity.
People sitting in higher posts seemed to have lost their way. They
are unable to implement the regulations properly. They are either corrupted or
are encircled by stronger people. How can a country with rule of law condemn
the Supreme Court by not implementing its decision? The condition is pathetic
where the rule and laws are only for weak. This has to change.
I feel the encroachment of people from other profession has
played a part in mudding our field. Reality is our child can be taken care of
properly only by us. It would be foolish of us to expect other to do so. We have
been fighting for the proper identity of our profession. Time has come to be
united so that we can uproot any impurities that is harming our profession. Unless
we don’t unite it is hard to get what we want.
Saturday, September 12, 2015
किन बेचिन्छन् लाइसेन्स ???
नेपाली फार्मेसी
क्षेत्र आज जयादै बिकराल अवस्थामा छ । धेरै दक्ष्य जनशक्तिहरू अझै बेरोजगार छन्। प्राय सबै ठाँउमा समस्या छ।
यस्तै एउटा बिकरल समस्या हो लाइसेन्स भाडामा दिने परम्परा । आज खुलेयाम रु १५००
देखि माथि लाइसेन्स बिक्रि हुने गरेको पाइन्छ । जिम्मेवार निकायको मौनताले अझै यस्ता प्रवृतिलाई बल पुगेको छ। साथै यस्तो
बेपारले बिरामी माथि हुने जोखिमको कल्पना पनि गर्न मुस्किल हुन्छ ।
जोखिम:
- लाइसेन्स भाडामा दिएर ढुक्क भएर घरमा बस्दा पसलमा हुने गैरकानुनी कामको जानकारी नहुन सक्छ: जस्तै, लाघुऔषध कारोबार , रेकोर्ड नराखी खुलेयाम लाघुऔषध अन्तर्गत पर्ने कोडिन, डाइयेजिपाम, लोराजिपाम आधि औषधीको बिक्रि, म्याद नाघेका औषधीहरु को बिक्रि, जुन गैरकानुनी हो।
- लाइसेन्स भाडामा दिएर अन्त काम गर्नु पनि गैर कानुनी हो। यस्तो गरेको भेटिएमा नगद जरिमाना वा जेल सजाय वा दुवै हुने प्रावधान छ।
- सबै भन्दा डरलाग्दो जोखिम भन्या बिरामीको ज्यान माथि कै खतरा हो । फार्मेसी नै नपढेका मानिसलाई औषधीहरु को बारे पूर्ण ज्ञान हुन्न। जुनै रोगका पनि कारणहरु हुन्छन्। कति रोगलाई त सामान्य परमार्सबाटै ठिक पार्न सकिन्छ। यस्तो रोगको गम्भिर्तालाई बुज्ने क्ष्यमता गैर फार्मासिस्टमा हुन्न। हचुवाको भरमा औषधी बिक्रि गर्दा बिरामी कै ज्यानलाई खतरा हुन्छ। यस्तो अवस्तामा लाइसेन्स धनी नै जिम्मेवार हुनु पर्छ ।
- लाइसेन्स भाडामा लिएर पसल संचालन गर्ने व्यक्तिको मनसाय नै फाइदा मुखी हुन्छ। पसलमा बोनसका औषधि बिक्रि गर्ने देखि लिएर महङ्गो औषधि किन्न बाध्य गराउने काम पसलेले गर्ने गर्छन जसले गर्दा बिरमीले राम्रो उपचार पाउदैनन् र उनीहरु को स्वस्थ्य मै प्रतिकुल असर पर्न जन्छ।
बाध्यता:
कुनै पनि जोखिम
युक्त काम गर्नमा केइ न केइ बाध्यताहरू लुकेका हुन्छन् । लाइसेन्स भाडामा राख्ने
कुरामा पनि केइ बाध्यता छन् जसलाई मनन् गर्न एकदमै जरुरी छ ।
- देशमा फार्मेसी अध्ययन सकाएर बेरोजगार भइ बस्नेहरू को संख्या दिनानुदिन बढ्ने क्रममा छ । लाखौ खर्च गरेर पढी सक्दा पनि जागिर नपाउनु एउटा पीडा छदै छ त्यसमा झन् घर परिवारको जिम्मेवारी सहनै नसक्ने हुन्छ । यस्तो अवस्तामा थोरै भए पनि पैसा पाउने लोभमा उनीहरु लाइसेन्स भाडामा दिने गर्छन ।
- जागिर खाई राख्याहरू को नि स्थिति खराब नै छ । जागिर छ तलव छैन । तलबले महिना धान्न मुस्किल हुन्छ । त्यसैले , थोरै भए पनि आफ्नो गुजारामा सहयोग हुने आशामा उनीहरु लाइसेन्स भाडामा दिने गर्छन ।
समधान:
- फार्मेसी पेसा लाई मर्याधित बनाई सरकारी स्थरबाटै बडी भन्दा बडी दरबन्दीको बेवस्था गर्नुपर्छ ।
- हस्पिटल फार्मेसी र फर्मशिउटिकल कलकारखाना भन्दा बाहिरका अवसरको खोजि गर्नु आवश्यक छ, जस्तै: रिसर्च एन्ड डेब्लोप्मेन्ट, हर्वल मेडिसिन, फर्माकोभिजिलेन्स, मार्केट रिसर्च, बायोइकुभ्यालेन्स, क्लिनिकल ट्रायल्स , रेगुलेटोरी अफेयर्स आदि।
- फार्मेसी अध्ययनलाई बेवस्थित बनाई अन्तरराष्ट्रिय स्थरमा प्रतिस्पर्धा गर्न सक्ने जनसक्ति उत्पाधन गर्नु पर्छ।यसका लागि पाठयक्रममा सुधार, शिक्षकलाई तालिम र कलेजमा स्थर उन्नति हुनु जरुरी छ।
- नयाँ आउने ग्रयाजुयेटका लागि तालिमको अवसर हुनु एकदमै जरुरी छ।
- हस्पिटल फार्मेसीमा पनि मात्र फार्मेसी विषय अध्ययन सकाएर आएका व्यक्तिको उपस्थितिलाई सुनिस्चित गरिनु पर्छ। साथै आवस्यक संख्या र न्यउनतम तलव पनि तोक्नु पर्छ।
त्येसैले, जरैबाट समस्या निर्मुल नपारी मात्र दोष
दिनु पटकै जाएज हुन्न । यसलाई सम्बोधन गर्न पट्टि
सबै सरोकार पक्ष्यको ध्यान पुगोस् भन्ने मेरो आग्रह छ ।फार्मेसी क्षेत्रलाई मर्याधित
बनाउनु हामी सबै को कर्तव्य हो । यसका लागि हामी सबै एकजुट भै अघि बडौँ ।
Tuesday, September 8, 2015
मुक्तक संगालो: भाग ३
यो
मायाको अब, मोल खोज्ने भए
सधैँ
भरि मलाई, गलत सोच्ने भए
चुडे
हुन्छ तिमीले, यो प्रेमको डोरी
मलाई
भन्दा अघि, पैसा रोज्ने भए
तिम्रो
त्यो हेराईले, केहि खोज्दै थियो
मेरै
बारे अनेकन, प्रश्न सोद्धै थियो
कसरी
पो सहने खै, ती नयनका वार
पल
पल मुटु मा, च्वास्स घोच्दै थियो
मायाको
सिरेटोले कपाउदै छ मलाई
हरप्रहर
तिम्रै नाम जपाउदै छ मलाई
कुलतै
पो बस्यो क्यार तिम्रो त्यो याद
दिनदिनै
सिमाबाट धपाउदै छ मलाई Thursday, September 3, 2015
मुक्तक संगालो: भाग २
यसरी गोलीले देश चल्ला र हजुर !!!
रूखो बोलीले देश चल्ला र हजुर !!!
सधै त्यही अनुहार सधै त्यही पारा !!!
पुङ्गो टोलीले देश चल्ला र हजुर !!!
अब त जाग सरकार तराई जल्दै छ !!!
दिनदहाडै छाती छेड्ने गोली चल्दै छ!!!
कसले रोक्ने होला कसले छेक्ने होला!!!
विगतको विषको वृक्ष आज फल्दै छ!!!
हरेकका सन्तानले अधिकार पाउछन् रे
अब!!!
कसैले कोट कसैले एप्रोन लाउछन् रे
अब!!!
जादुको छडी नै पो हो रे यो संविधान!!!
गिर्न लाग्या हाम्रो शिर उठाउँछन् रे
अब!!!
Saturday, August 22, 2015
कलियुगका राम लक्ष्मणः रामकुमर र श्रिप्रसाद
सानो छदा रामायण हेर्ने
धेरै ठुलो क्रेज थियो मेरो / हप्तामा एकपटक मात्र स्कूल बिदा हुने त्यसमा नि
नेपाल टेलिभिजनबाट रामायण प्रसारण हुने, यो भन्दा बडी के नै चाहिन्थ्यो र मलाई/
काम काज छोडेर टेलिभिजन अघि झुम्मि रहने बानी नै थियो त्यस बेला / रामायण आफैमा
हिन्दुहरू को धर्म ग्रन्थ नै हो / त्यो बेला विषयको गम्भिरतालाई बुज्ने दिमाग कहाँ
थियो र मेरो तर पनि कहानीले मनको कुनै कुनामा छोएको जस्तो भान हुन्थ्यो / रामायणका
मुख्य पात्र मध्येका हुन् राम र लक्ष्मण / चौध बर्से बनबासमा दाजुलाई साथ दिने लक्ष्मण
रामका प्यारा अनुज थिए / यो सब त्रेता युगको कुरा हो / आजको जमनामा कहाँ त्यस्तो प्रेम
देख्न पाइन्छ र / दाजु र भाइलाई त एक अर्काको खुट्टा तान्दैमा ठिक्क हुन्छ/ हो
त्यो बेलाको राम लक्ष्मणको जोडी खोज्नु भनेको बाँसघारीमा ढुंगा हान्नु जस्तै हो आज
/
सायद मैले भने
भाग्य मै लेखेर आएको थिएँ क्यार, त्यसैले त आजको युगमा एउटा राम लक्ष्मणको जोडीलाई
भेट्न पाएँ, उनीहरु संगै बस्न पाएँ ,उनीहरु संगै घुम्न पाएँ / त्यो अनुपम जोडी हो रामकुमार
र श्रिप्रसादको; आम मानिसलाई त्यो जोडी देख्दा अचम्म लाग्न सक्छ/उनीहरु को दोस्ती
सामान्य मानिसले सोच्ने भन्दा फरक छ / रामकुमार
र श्रिप्रसादको व्यक्तित्वमा आकास पतालको फरक छ/ रामकुमार पेसा ले टुरिस्ट गाइड;
देशको कुना काप्चाको अवलोकन गर्दै हिड्ने,काठमाडौँमा बस्ने, धेरै मन्छेसंग चिनजान
भएको, सम्पन्न व्यक्ति हुन् तर श्रिप्रसादको कहानी अर्कै छ/ उनी आँखा देख्न सक्दैन/
मनको आँखाले संसार हेर्न बाद्य छन् उनी/ बेगनास तालको छेउमा बस्दै आएका उनको मार्फा भन्ने गाउँमा जन्म भएको हो / संसारमा उनले
कसैलाई विश्वास गर्छन भने त्यो मात्र रामकुमारलाई हो/ रामकुमार
भनेको श्रिप्रसादले संसारलाई हेर्ने बाहिरी आँखा हुन् / विश्वास र मायाले उनीहरु को
मित्रतालाई एउटा अलग आयाम दिएको छ/
रामकुमर र श्रिप्रसाद |
श्रिप्रसाद केवल
आँखा देख्न सक्दैनन् तर उनले गर्न नसक्ने काम सायदै होला / घरका प्राय सबै काम
गर्न पोक्थ छन् उनी / कुखुरी काँ संगै उठ्छन् ,अरु नउठी पुरा घर पुस्न भ्याउछन् र सूर्यका किरणले धर्तीलाई
छुदा कुकुरलाई घुमाउन लैजान्छन् / यो उनको दैनिकी नै हो / उनको विचारमा बिहान
मन्छेले हिड्ने गर्नु पर्छ / यसले मन्छेलाई स्वस्थ बनाउँछ / शारीरिक बयामको कमीमा
अनेक रोग लाग्ने उनलाई थाहा छ/ उनी मुटुको
रोग, फोक्सोको रोग आदि बाट बच्न बयाम गर्ने गर्छन /चिया गफमा नि उनी पोक्थ छन् ;
अनेक विषयमा ज्ञान राख्छन र अरु माझ आफ्ना विचार पस्किन्छन् / भाडा चम्काउन पनि
सिपालु छन् श्रिप्रसद; पाउनालाई खाने कुरा दिने देखि लिएर नुहाउने सामग्री तयार पर्ने सबै काम
गर्न सक्छन उनी /मैले उनलाई भेट्ने मौका पाएँ, उनलाई जान्ने मौका पाएँ, त्यही ठुलो
उपलब्धि भयो/
श्रिप्रसादलाई घुम्न
ज्यादै मन पर्छ तर रामकुमार बाहेक अरु संग उनी घुम्न जादैनन् / रामकुमारले घुमाउने
हरेक ठाउँमा उनी जान तयार हुन्छन/ तेती
विश्वास छ उनलाई उनको मित्रता प्रति / रामकुमार पनि काठमाडौँ देखि श्रिप्रसाद कै लागि
भनेर बेगनास जाने गर्छन/ त्यहाँ उनलाई आफ्नै घर गएको महसुस हुन्छ/ हामीले पनि पोखरा घुम्न जाँदा उनीहरु संग घुलमिल हुने
मौका भयौँ/ हामी तीन साथी र उनीहरु को जोडी बेगनास हैकिंगका लागि तयार भयौँ
/ मनमा अनेक कुरा खेल्दै थिए हाम्रो/ बेगनास वरीपरी घुम्नु पर्ने, बर्खाको बेला ,
डाँडा काँडाको चिप्लो बाटो ,फेरी ७-८ घण्टा हिड्नु पर्ने सारै कठिन यात्रा साथमा श्रिप्रसद ,कसरी हिड्ने
होला भन्ने मनमा लग्नु स्वभाविक नै थियो/ श्रिप्रसादको म नि संगै हिड्छु भन्ने संकल्प
देख्दा आफु प्रति नै दया जागेर आयो/ उनी पहिले पनि यस्ता कठिन यात्रा गरी सक्या
मन्छे पछि फर्किने कुरै थिएन/ उनी बाटो देखाउदै अघि अघि लागे हामी उनको पछि पछि हिड्न लाग्यौँ मानू उनी
नै त्येस बेलाका पथ प्रदर्सक थिए/
बेगनास हैकिंग |
बाटोमा हिड्ने क्रम
मा उनी प्रहरी चौकी आयो भन्थे हामी त्यो देखेर छक्क पर्थ्यौँ / उनलाई त्यहाँ
नचिन्ने सायदै होलान/ गाउँगाउँमा उनको नाऊ लिने मन्छे भेट्दा अचम्म लाग्थ्यो/ उनी पनि
अवाज सुन्ने बित्तिकै चिनी हाल्थे को हो भनेर / यसरी उनले हामीलाई आफ्नो अनौठो कलाले
मोहित बनाउदै गए हामी नि एउटा घारको रानोको पछि मौरी हिंडे झैँ उनको पछि पछि हिँडी
नै रह्यौँ/ हामी ८ घण्टा बेगनास वरपर हिड्दा उनको मुहारमा अलिकता पनि थकान थिएन
अलिकता पनि कस्ट थिएन/ उनले यो सब रामकुमारको कुममा हात राखेर पार गरे /उनी घुम्न पाएको मा ज्यादै हर्सित थिए/
घुमी सकेर बेगनासमा डुबुल्की मार्न नि भ्याए उनले/ तेती बेलाको खुसी एउटा बालकलाई
मिठाई दिए पछिको अवस्थाको जस्तै थियो/ यो देख्दा मन नै हर्सित थियो हाम्रो पनि /अब
एक पटक फेरी काठमाडौँ घुमेर भुकम्पले पुर्याएको क्ष्यतिलाई छामेर अवलोकन गर्ने सपना
छ उनको/ पहिले रामकुमारले नै उनलाई प्लेनमा चडार काठमाडौँ घुमाएका हुन् / हालै मात्रै राजकुमारले उनलाई चितवन घुमार ल्याएका छन्/ अबको श्रिप्रसदको सपना कहिले पूरा हुन्छ हेर्नै पर्छ तर उनको इच्छाशक्ति र जीवनमा
केही गर्नु पर्छ भन्ने भावनाले उनलाई
भेट्ने जोकोहीको नि मन छुन्छ / आजको युगमा कहाँ रामकुमार जस्ता भेटिन्छन् र जसले
कसैको सपना साकार पारोस्/
शारीरिक असक्तता
भएका हरू ले नि अवसर पाए धेरै काम गर्ने क्ष्यमता राख्छन/ उनीहरु लाई सहयोग र उचित
अवसरको खाँचो छ आफ्नो हुनर देखाउने / श्रिप्रसादको कहानी बाट नि केहि पाठ सिक्न सकिन्छ/ उनीहरू लाई नि सामान्य मानिस
सरह बाँच्न पाउने अधिकार छ;यो उनीहरु को हक पनि हो / सबैको यसमा साथको आवश्यकता छ/अब नयाँ नेपाल बनाउने तयारी भइ रहदा यस
बारेमा गम्भिर हुनै पर्छ तब मात्र राष्ट्र प्रगति पथमा लम्कन्छ/म त्यस्तो देशको
मुहार हेर्न पर्खी रहेको छु /
Saturday, August 15, 2015
मुक्तक संगालो: भाग १
देशभर आन्दोलनका स्वर, घन्किदो छ आज
असन्तुस्टीको ज्वाला पनि दन्किदो छ आज
कोइ अखण्ड माग्ने, कोइ खण्ड माग्ने
भाइचाराको पर्खल पनि चर्किदो छ आज
आज आउन पाइन मैय्या नेपाल बन्द छ
फेरि सताउन पाइन मैय्या नेपाल बन्द छ
मायाको यो कोसेली ठिक्क पार्या बेला
त्यहाँ पठाउन पाइन मैय्या नेपाल बन्द छ
बुद्ध र सिताको देशमा आग्जनि र बन्द छ
भाइभाइ मै काटमार भाइभाइ मै द्वन्द छ
कहिले सम्म बिध्यमान रहने यस्तो संस्कृति
सडकभरि टायर र असुरगयासको गन्द छ
प्रभु पहिला बोल्छन अनि बोल्छन नेता
कुर्सि भए सत्रुको नि पाउ मोल्छन नेता
सरम छैन माया छैन देश बेच्न लाई
परि आए देशको लुगा पनि खोल्छन नेता
Subscribe to:
Posts (Atom)